इजरायल र युएईबीच ऐतिहासिक शान्ति सम्झौता


३० श्रावण २०७७, शुक्रबार
agreemnet uae pHivt2tNj5

काठमाडौं, ३० साउन । इजरायल र संयुक्त अरब इमिरेट्स (युएई) बीच इजरायल र यूएईबीच सम्बन्ध सुधारका लागि ऐतिहासिक शान्ति सम्झौता भएको छ । यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत् दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युएईका क्राउन प्रिन्स मोहमद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गर्दै यस ऐतिहासिक सफलताबाट मध्यपूर्वमा शान्ति बढ्ने बताएका छन् । सम्झौताअनुसार इजरायलले वेष्ट बैंकको ठूलो हिस्सालाई मिलाउने आफ्नो योजना स्थगित गर्ने छ ।

हालसम्म इजरायलको खाडीका अरब देशहरुसँग कुनै पनि कूटनीतिक सम्बन्ध थिए । यद्यपि खाडी देशबाट अलग अरबका दुई देश जोर्डन र मिस्रसँग भने इजरालयको कूटनीतिक सम्बन्ध छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र युएईबीच शान्ति सम्झौता भएको जानकारी ट्वीट गरेका छन् र त्यसमा इजरायलका प्रधानमन्त्री नेतन्याहुले हिब्रु भाषामा ट्वीट गरेर ‘ऐतिहासिक दिन’ भनेका छन् ।

अमेरिकामा युएईका राजदूत युसुफ अल ओतैबाले पनि यो सम्झौतालाई कूटनीतिक र भूगोलका लागि एक जित भनेका छन् । साथै उनले भनेका छन्, ‘यो अरब–इजरायल सम्बन्धमा एक महत्वपूर्ण कदम हो, जसले तनाव कम गर्ने छ र सकारात्मक परिवर्तनका लागि नयाँ ऊर्जा निर्माण गर्ने छ ।

सन् १९४८ मा इजरायल स्वतन्त्र भएपछि यो केवल तेस्रो इजरायल–अरब शान्ति सम्झौता हो । यसअघि पूर्व मिस्रसँग १९७९ मा र जोर्डनसँग १९९४ मा सम्झौता भएको थियो । आउँदा दिनहरुमा इजरायल र युएईका प्रतिनिधिहरु वार्तामा बस्नेछन् र लगानी, पर्यटन, सीधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य, संस्कृति, पर्यावरण र पारस्परिक दूतावासहरु स्थापनाका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने छन् ।

संयुक्त विज्ञप्तिमा लेखिएअनुसार दुवै देश मध्यपूर्वका लागि रणनीतिक एजेण्डा तय गर्न पनि अमेरिकाको साथमा रहने छन् । नेताहरुले भनेका छन्– यस क्षेत्रमा खतरा र अवसरलाई लिएर हाम्रो दृष्टिकोण समान छ । साथै कूटनीतिक सम्बन्ध, आर्थिक एकीकरण र सुरक्षाका माध्यमबाट स्थिरता बढाउन साझा प्रतिबद्धता जनाउँछौं । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७