भारतमा एकै दिन ६४ हजारलाई कोरोना संक्रमण, एक हजार ६ जनाको मृत्यु


३० श्रावण २०७७, शुक्रबार
korona india 1

नयाँदिल्ली, ३० साउन । भारतमा दिनहुँ कोरोना भाइरस संक्रमण भयावह बन्दै गइरहेको छ । भारतमा हिजो (बिहीबार) विश्वकै सबैभन्दा बढी ६४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा हिजो एकै दिन एक हजार ६ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ४८ हजार एक सय ४४ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ संक्रमितको संख्या २४ लाख ५९ हजार नाघेको वर्ल्डओमिटरमा उल्लेख छन् ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ६९ हजार एक सय ४७, अमेरिकामा ५४ हजार दुई सय ९८, कोलम्बियामा ११ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार तीन सय १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सबैभन्दा धेरै ब्राजिलमा एक हजार तीन सय एक जनाले ज्यान गुमाएका छन् भने अमेरिकामा एक हजार दुई सय ४२ जना, मेक्सिकोमा सात सय ३७, कोलम्बियामा तीन सय आठ, दक्षिण अफ्रिकामा दुई सय ६०, रुसमा एक सय २४, इरानमा एक सय ७४, अर्जेन्टिनामा एक सय ४९ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म विश्वमा संक्रमणको कारण मृत्यु हुनेको संख्या सात लाख ५२ हजार सात सय २१ पुगेको छ । संक्रमितको संख्या दुई करोड १० लाख ६८ हजार नौ सय ५७ पुगेको छ । यो शुक्रबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो । पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७१ हजार चार सय २१ जना नयाँ संक्रमित थपिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७