जुगल पहिरोमा ठूलो जन–धन क्षतिको खबरपछि सभामुख सापकोटा हेलिकोप्टरबाट घटनास्थल प्रस्थान


३० श्रावण २०७७, शुक्रबार
jugal1

सिन्धुपाल्चोक, ३० साउन । सिन्धुपाल्चोकको जुगलमा आज (शुक्रबारं बिहानै गएको पहिरोले ठूलो जनधनको क्षति भएको खबर पाए लगतै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।

सापकोटा हेलिकप्टरमार्फत घटनास्थलतर्फ प्रस्थान गरेका हुन् । ‘पहिरोमा २५ देखि ३० घर पुरिएको खबर आएको छ,’ सभामुख सापकोटासँगै रहेका माधव सापकोटाले भने, ‘हामी जाँदैछौं, अबको केही समयपछि यथार्थ विवरण थाहा होला ।’

घटनास्थलमा टेलिफोन सम्पर्क हुन नसक्दा सम्पूर्ण विवरण प्राप्त हुन नसकेको उनले बताएका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान ४ बजेतिर पहिरो २२ घर पुरिएको र धेरै मानिस सम्पर्क बाहिर रहेको प्रहरीले जनाएको छ । पहिरोमा धेरै मान्छे हताहत भएको आशंका गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७