मासु पसले र वर्कसप सञ्चालकसहित थप २० जनामा कोरोना संक्रमण


३० श्रावण २०७७, शुक्रबार
bhanu municipality tanahu 20200814035119

तनहुँ, ३० साउन । तनहुँको भानु नगरपालिका–१ भन्सार क्षेत्रमा समुदायमै कोरोना संक्रमणको जोखिम बढेको छ ।

स्थानीय निर्माण व्यवसायीमा मंगलबार संक्रमण देखिएपछि उनीसँगको सम्पर्कका आधारमा पहिचान भएका १२२ जनाको पीसीआर परीक्षण गर्दा २० जनामा संक्रमण भेटिएको छ ।

१२२ मध्ये केहीको परीक्षण नतिजा आउने क्रममा नै रहेको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिएका छन् । संक्रमित हुनेहरुमा सबै भानु–१ भन्सार क्षेत्रका छन् । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले भए भरको जनशक्ति परिचालन गरेर कन्ट्याक्ट ट्रेसिङ गरिने बताए ।

संक्रमित २० जना देखिएको भन्सार क्षेत्रका मोटरसाइकल वर्कसप र मासु पसलका व्यक्ति पनि संक्रमित पाइएका छन् । यसले अवस्था थप जटिल बनाएको छ । ‘धेरै मानिस आउने वर्कसप र मासु पसलका व्यक्तिमा नै संक्रमण देखिएकाले यसले अझ धेरैमा संक्रमण फैलिएको देखाउँछ,’ भट्टराईले भने, ‘समुदाय संक्रमणको जटिल अवस्थामा पुगेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७