राई विद्यार्थीद्वारा ६५ हजार पुरष्कार राशिको ‘अनलाइन बक्तृत्वकला’ प्रतियोगिता


३० श्रावण २०७७, शुक्रबार
Kirat rai student union 21th day 21

काठमाडाैं, ३० साउन । किरात राई विद्यार्थीहरुको संस्था किरात राई विद्यार्थी संघले ६५ हजार पुरष्कार राशिको अनलाइन बक्तृत्वकला’ प्रतियोगिता गर्ने भएका छन् । कोभिड–१९ को उच्च जोखिमसँगै केही ठाउँमा दोस्रो चरणको लकडाउन, सटडाउन, निषेज्ञा भइरहेको बेला संघले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दे प्रतियोगिता गर्ने घोषणा गरेको हो ।

संघले आफनो २२ औं स्थापना दिवसको अवसरमा ‘मातृभाषामा शिक्षा’ विषयमा अनलाइन बक्तृत्वकला प्रतियोगिता गर्न लागे महासचिव रविन राईले जानकारी दिए ।

कोराना भाइरस (कोभिड–१९)को महामारीसँगै सरकारले भेला, बैठक, छलफल गर्न निषेध गरेसँगै संघको यही भदौ १७ मनाउने स्थापना दिवसमा यसपल्ट अनलाइन बक्तृत्कला प्रतियोगिता गर्न लागेको उनले बताए । उनले महामारीको कारण यसपल्ट स्थापना दिवसमा भर्चुयल कार्यक्रम गरी भव्यरुप मनाउने बताउँदै जिल्ला कार्यसमितिहरुलाई पनि त्यसैअनुसार सर्कुलर गरिएको समेत बताए ।

अनलाइन मार्फत हुन लागिरहेको प्रतियोगिताको प्रथम पुरुष्कार रु ३०,००० रहेको छ । यस्तै द्धितियालाई रु २०,०००, तृतियालाई रु १०,००० र सात्वाना रु ५००० पुरुष्कार दिइने महासचिव राईले बताए ।

online competition

प्रतियोगितामा सहभागी हुने विद्यार्थीले भिडियो रेकर्ड गरेर पठाउनुपर्ने, भिडियो १ टेकमा खिचिएको (सम्पादित नगरिएको) र बढीमा ५ मिनेटको हुनुपर्नेछ । प्रतिष्पर्धीहरुले यसरी पठाएको भिडियोको विषयवस्तु र प्रस्तुतिकरणका आधारमा मुल्याकंन गरिने उनले बताए । भिडियो ईमेल तथा फेसबुक मार्फत २०७७/४/३० देखि २०७७/५/१३ गते भित्र पठाइसक्नुपर्नेछ । भिडियाे प्राप्त भइसकेपछि निर्णायकहरूबाट प्रथम, द्धितिया, तृतिया र सात्वाना छुटाइनेछ ।

यस्तै संघका अध्यक्ष जीतेन राईले सघंले ‘मातृभाषामा शिक्षा अभियान’ सञ्चाल गररहेको बताउँदै मातृभाषामा पठनपाठन गर्ने अधिकार संविधानमा ब्यबस्था भए पनि कार्यन्वयनको दिशा फितलो भएको बताए ।

उनले भने,‘विभिन्न चरणको आदिवासी जनजाती आन्दोलनबाट प्राप्त उप्लब्धीहरुसँगै मातृभाषामा पठनपाठन गर्ने अधिकार संबिधानमा ब्यबस्था भए पनि कार्यन्वयनको दिशा एकदमै फितलो भएको अवस्था छ । यसमा राज्य पक्षको बेवास्ता र हामी सरोकारवालाको समेत कम चासो भैरहेको अवस्थामा मातृभाषामा शिक्षा बैज्ञानिक सँगै ब्यबाहारिक छ भनेर बुझाउन र कार्यन्वयन गर्न यो अभियान संचालन गरिहेका छौं ।’

यस्तै उनले यस अभियान अन्तर्गत विभिन्न कार्यक्रम संञ्चालन गरिहेको बताए । उनले यस अभियानलाई केन्द्रदेखि स्थानीय तहसम्मै पुगेर विभिन्न कार्यक्रमहरु गर्ने योजना भएपनि कोरोना महामारीका कारण जान नसकेको बताए । उनले यसअभियान अन्तर्गत अन्र्तक्रिया, प्रशिक्षण, भर्चुयलका साथै दवाब मुलक कार्यक्रमहरु सञ्लालन गरिरहेको जानकारी दिए ।

यस्तै उनले यो प्रतियोगितामा यसै अभियान अन्तर्गत गरिएको बताउँदै अभियानलाई सफल बनाउन आफनो ठाउँबाट सहयोग गर्ने अपिल समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७