रुसले खोप दिएर सघाउने बताएपछि अमेरिकाले भन्यो, ‘त्यो खोप त बाँदरलाई पनि लगाउँदैनौं’


३० श्रावण २०७७, शुक्रबार
http com.ft .imagepublish.prod .s3.amazonaws

काठमाडौं, ३० साउन । रुसले हालै दर्ता गरेको कोरोना भाइरसविरुद्धको खोप अमेरिकालाई दिएर सहयोग गर्ने प्रस्ताव गरेको छ । तर, अमेरिकाले त्यसलाई ठाडै अस्वीकार गरेको छ ।

अमेरिकाले अपरेसन वार्प स्पिड नाम दिएर कोभिड–१९ विरुद्धको खोप विकास गरिरहेको छ । जसमा अनेकौं एजेन्सी सहभागी छन् । सो अभियानलाई सघाउने आफूहरुको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको एक रुसी अधिकारीले बताएका छन् ।

‘अमेरिकामा रुसप्रति अविश्वास देखिन्छ । तर, हामी हाम्रो प्रविधिमा विश्वास गर्छौ । त्यही अविश्वासका कारण अमेरिकाले हाम्रो खोप, परीक्षण र उपचारको प्रविधि स्वकार्न सकेन,’ एक रुसी अधिकारीको भनाइ सीएनएनले उधृत गरेको छ ।

सीएनएनका अनुसार अमेरिकी अधिकारीहरुले रुसी खोपलाई अधकल्चो भनेका छन् । ‘अमेरिकाले रुसी खोप प्रयोग गर्ने कुनै सम्भावना छैन । मान्छेमा त कुरै छाडौं, बाँदरलाई पनि हामी लगाउँदैनौं,’ एक अमेरिकी जनस्वास्थ्य अधिकारीले भनेका छन् ।

गत मंगलबार रुसले कोरोनाविरुद्धको विश्वमै पहिलो खोप विकास गरेको घोषणा गरेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी छोरीले समेत सो खोप लगाएको बताएका थिए । रुसका प्रतिस्पर्धी मुलुकहरुले सो खोपको प्रभावकारिता र सुरक्षामाथि प्रश्न उठाएका छन् भने अन्य कयौं मुलुकले खोप किन्ने बताएका छन् ।

हाल विश्वभर खोप निर्माणका लागि तीव्र प्रतिस्पर्धा चलिरहेको छ । खासगरी चीन, अमेरिका र बेलायत खोप निर्माणको अग्रस्थानमा देखिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७