हिरोइनमाथि ट्रेनमै बलात्कार !


१९ माघ २०७४, शुक्रबार
sanusha santhosh wallpapers20

काठमाण्डौं, १९ माघ : नेपालमा केहि दिनयता बलात्कारका घटनाहरुले सामाजिक सञ्जाल तताइरहेका छन् । मिडियाहरुमा पनि बलात्कारका घटनाले बढी स्थान पाइरहेका छन् ।sanusha santhosh wallpapers20

नेपालमा मात्र होइन भारतमा पनि बलात्कारको घटना बढेको छ । यहाँ कुनै फिल्मको दृष्यको कथा भन्न खोजिएको नभई यथार्थ घटना हो । यो घटनालाई अहिले भारतमा भत्र्सना भइरहेको छ । मलयामल फिल्मकी अभिनेत्री सानुषा सन्तोषमाथि ट्रेनमै बलात्कारको प्रयास भएको छ । दक्षिण भारतको मेंग्लुरु सेन्ट्रलदेखि थिरुवन्तपुरमसम्म चल्ने मावेली एक्सप्रेसको ट्रेनमा उनीमाथि बलात्कार प्रयास भएको घटना बाहिर आएको छ । ‘राति झण्डै १ बजे जब म ट्रेनको अपर बर्थमा सुतिरहेकी थिएँ ।

त्यतिबेला महसुस भयो कि मेरो ओठ कसैले चलाइरहेको छ । आँखा खोलेपछि थाहा भयो एक व्यक्तिले मेरो ओठमा आफ्नो हात राखिरहेका थिए’–उनले भनिन्–‘मैले मद्दतका लागि अनेक याचना गरें । तर कोही आएनन् । ’ सानुषाले एक अन्तरवार्तामा भनेकी छिन् कि उनले ती व्यक्तिको हात तत्कालै आफ्नो ओठबाट हटाइन् । त्यहाँ रहेका व्यक्तिहरुसँग सहयोगको याचना गरिन् । तर केवल, २ व्यक्ति मात्रै उनको सहयोगका लागि आए । बाँकी सबै चुप रहे । यतिसम्म कि लोअर बर्थमा बसेका यात्रुहरुले पनि कुनै प्रतिक्रिया समेत दिएनन् ।

समातिए आरोपितहरु

थिरुवन्तपुरम आउने बित्तिकै प्रहरीले बलात्कार गर्न खोज्नेहरुलाई पक्राउ गरेको छ । ‘मानिसहरुलाई केवल फेसबुकमा मात्रै आक्रोश पोख्न आउँछ । जब अरु व्यक्ति साँच्चै अफ्टेरो अवस्थामा हुन्छन् । त्यतिबेला कसैले केही बास्ता गर्दैन,’ आफूमाथि बलात्कार प्रयास हुँदा समेत केही नबोल्ने यात्रुहरुलाई लक्षित गरेर उनले भनेकी छिन्–‘यदि यही विषय मैले फेसबुकमा लेखें भने मलाई ठूलो सर्पोट आउँछ । मानिसहरुले आफ्नो प्रोफाइल फोटो नै परिवर्तन गरेर आई एम विथ सानुषा लेख्ने छन् ।sanusha b2JHlZKinb

तर जब कोही महिला साँच्चै संकटमा पर्छन्। त्यहाँ कसैले बोल्नेवाला छैन् ।’ उनले यस घटनापछि समाजप्रति आफ्नो विश्वास टुटेको बताएकी छिन् । ‘केवल सामाजिक सञ्जालमा लेखेर केही हुँदैन । एउटी महिला भएको नाताले म आफूमाथि बलात्कारको प्रयास हुँदा मानिसहरु मेरो पक्षमा उभिएको हेर्न चाहन्छु ।’ २५ वर्षकी सानुषाले मलायालम, तामिल र तलेगु भाषाका झण्डै ४० फिल्ममा अभिनय गरेकी छिन् । १९९८ मा उनले ‘कल्लु कोन्दोरु पेन्नु’ फिल्ममा बालबलाकारको भूमिका निभाएकी थिइन् । त्यसपछि थुप्रै फिल्ममा उनले बालकलाकारका रुपमा खेलिन् । सन् २०१२ मा इडियट्स र त्यसपछि आएको ‘ओरु मुराई भन्थु’ उनका चर्चित फिल्म हुन् ।sanusha santhosh wallpapers1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७