कोरोनाबाट २४ घण्टाभित्र थप चार जनाको मृत्यु, नेपालमा मृत्तक संख्या ९९ पुग्यो


३० श्रावण २०७७, शुक्रबार
korona death pokhara scaled

काठमाडौं, ३० साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ४ जनाको मृत्यु भएसँगै ९९ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यता नेपालमा पछिल्लो पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज (शुक्रबार) ५९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १७ हजार ७७ उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७