काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण


३० श्रावण २०७७, शुक्रबार
kathmandu valley 2nd ring rode

काठमाडौं, ३० साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा लगातार चौथो दिन एक सयभन्दा धेरै संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुर ३, काठमाडौं २३ र ललितपुर १ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १६ जना र ललितपुरका ३ जनामा कोरोना देखिएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा काठमाडौंका १० जनामा संक्रमण पुष्टि भएको छ । स्टार अस्पताल ललितपुरमा भक्तपुरका २ जना र काठमाडौंका ६ जनामा संक्रमण देखिएको छ ।

उता भक्तपुरको नेपाल–कोरिया अस्पतालमा काठमाडौंका ७ जना संक्रमित भेटिएका छन् । धुलिखेल अस्पतालमा काठमाडौंका ३ जना संक्रमित भेटिएका छन् । अर्कातिर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भक्तपुरका १, काठमाडौंका ४ र ललितपुरका २६ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरकै बिएन्डबी अस्पतालमा काठमाडौंका १ जनामा संक्रमण देखिएको छ । नेपाल प्रहरी अस्पतालमा काठमाडौं १३ जना संक्रमित भेटिएका छन् ।

नेपालमा पछिल्लो पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका ५९४ जनामध्ये ११९ जना काठमाडौं उपत्यकाका हुन् ।

देशभरका ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज (शुक्रबार) ५९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १७ हजार ७७ उपचारपछि निको भएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ४ जनाको मृत्यु भएसँगै ९९ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७