ओली–प्रचण्डको वार्तालाई पनि ट्रम्प र सिजिङपिङको वार्ता जस्तै मान्नु परेको छ : बाबुराम भट्टराई


३० श्रावण २०७७, शुक्रबार
baburam bhattarai

गोरखा, ३० साउन । जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष वार्ताका नाममा नागरिकप्रति गैरजिम्मेवार भएको बताएका छन् ।

नागरिक बाढी, पहिरो र डुबानका समस्याले आजित भइरहेका बेला सत्तारुढ दलका अध्यक्ष एव्म प्रधानमन्त्रीहरु नै वार्ताका नाममा महिनौं बालुवाटारमा जमघट गरिरहनु नागरिकप्रतिको वेवास्ता भएको डा. भट्टराईले बताएका छन् ।

गृह जिल्ला गोरखामा आज (शुक्रबार) गोरखा अस्पताल र आँपपिपल अस्पतालाई उच्च क्षमताको रगत परीक्षण मेशिन हस्तान्तरणका लागि पुगेका डा. भट्टराईले अहिले केपी ओली र प्रचण्डको बार्ता कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । कोभिड–१९ को संक्रमण बढिरहेका बेला सरकार भने पार्टीभित्रको झगडामा केन्द्रित भएको उनले आरोप लगाएका छन् ।

‘यस्तो महामारीको बेला उहाँहरू आफ्नै पार्टीभित्रको झगडाका निम्ति महिनौंसम्म बैठक गर्नुहुन्छ,’ उनले भने, ‘तपाई हामी उहाँहरूको बार्ता कहिले हुन्छ भनेर पर्खनु पर्ने अवस्था छ ।’ दुबै नेता उल्टो दिशातिर गईरहेकाले यसबाट देश र जनता धरापमा पर्ने उनले बताए ।

‘प्रचण्ड र ओलीको बार्ता हुनु भनेको डोनाल्ड ट्रम्प र सिजिङपिङको वार्ता हुनु जस्तो, मोदी र केपी ओलीको बार्ता हुनु जस्तो मान्नु परेको छ,’ उनले थपे, ‘संकटको बेला यो भन्दा मजाक के हुन सक्छ ।’

1597401105 baburam photos 1200x560 wm

कोरोना संक्रमितको उपचार गर्न अस्पताल, आइसोलेसन, व्यवस्थित क्वारेन्टिन बनाउनुपर्ने बेला प्रधानमन्त्री भने अयोध्या बनाउने, राम मन्दिर निर्माण गर्ने तर्फ लागेको भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले चर्को आलोचना गरे ।

कोरोनाको परीक्षण ठूलो संख्यामा गर्नुपर्ने तर त्यस्तो हुन नसकेको उनले बताए । अहिले जनताले आफ्नो सुरक्षामा आफै गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले भने, ‘सरकारको भर परेर बस्यौं भने कोभिडबाट बच्न सकिँदैन ।’ राज्य सत्ता साधन स्रोत हुँदा पनि नागरिकको स्वास्थ्यप्रति सरकार उत्तरदायी नभएको आरोप उनको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७