संघीय सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण


३० श्रावण २०७७, शुक्रबार
Dr. Suryanarayan Yadav dUYTKH9IBD

जनकपुर, ३० साउन । संघीय सांसद डा. सूर्यनारायण यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सप्तरी क्षेत्र–१ बाट निर्वाचित डा. यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । ६४ बर्षीय डा. यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

बाल रोग विशेषज्ञ डा. यादव आफू अहिले स्वस्थ्य रहेको जानकारी दिएका छन् ।सांसद डा. यादवले क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक बालकबाट आफूलाई कोरोना सरेको बताएका छन् ।

‘ती बालकलाई सिरियस अवस्थामा उपचारका लागि ल्याइएको थियो । शुरुमा झाडापखाला लागेका बालकमा पछि निमोनिया पनि पुष्टि भएको थियो’ डा. यादवले भने, ‘पछि कोभिड जाँच गराउन भन्दा पोजेटिभ आयो ।’

उनले ती बालकलाई आफैंले उपचार गरेका कारण आफ्नो जाँच गराउँदा समेत पोजेटिभ आएको बताए । ‘शंका लागेर नौ दिनअघिदेखि नै आइसोलेसनमा बसेर स्वाब जाँच गराउन दिएको थिएँ’ उनले भने, ‘शुरुमा एकदमै शरीर दुखे पनि अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७