एक करोड बढी भ्रष्टाचार आरोपमा असई कार्की अख्तियारको नियन्त्रणमा


३० श्रावण २०७७, शुक्रबार

काठमाडौं, ३० साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा रकम हिनामिना गरेको सम्बन्धमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

उनले पम्पमा कार्यरत हुँदा आर्थिक वर्ष २०७४–०७५ र २०७५–०७६ मा एक करोड आठ लाख ९९ हजार एक सय ८४ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७