आज थपिएका ५९४ संक्रमितमध्ये कुन जिल्लाका कति ?


३० श्रावण २०७७, शुक्रबार
1824359343map 2

काठमाडौं, ३० साउन । नेपालमा पछिल्लो पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज (शुक्रबार) ५९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १७ हजार ७७ उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज (शुक्रबार) कुन जिल्लामा कति संक्रमित थपिए ?
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनुषाका १, मोरङका ४ र सुनसरीका २२, कोशी अस्पताल विराटनगरमा मोरङका २५ र सप्तरीका २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ९, मोरङका ३३ र सिरहाका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा धनुषाका ४९, महोत्तरीका १८, सप्तरी, सर्लाही, सिन्धुली र उदयपुरका १–१ जनामा कोरोना पाइएको छ ।

गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ११ र सिरहाका २, नारायणी अस्पताल वीरगञ्जमा बाराका २०, महोत्तरीका २ र पर्साका २७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १, भक्तपुरका ३, काठमाडौंका २३, ललितपुर र नुवाकोटका १र१, पर्साका ४१, सर्लाहीका ८ र सिन्धुपाल्चोकका १ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए ।

यस्तै, पाटन अस्पताल ललितपुरमा बाजुरा, बारा र भक्तपुर, चितवन र धादिङका १र१, धनुषाका ३, हुम्लाका १, कैलालीका ३, काठमाडौंका ४, ललितपुरका २६, महोत्तरीका २, मकवानपुरका १, पर्साका २, रुपन्देही र सर्लाहीका १र१ र सुनसरीका २ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा बीएण्डबी अस्पताल प्रयोगशालामा काठमाडौंका १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १६, ललितपुरका ३, पर्साका १, रौतहटका २ र सर्लाहीका ३, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका १२, मकवानपुर, नपवलपरासी पूर्व, सर्लाही र तनहुँका १–१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा सिन्धुलीका ९, धनुषाका १, महोत्तरीका २, मकवानपुरका १६, मोरङका १ र रौतहटका ३, धुलिखेल अस्पतालमा दोलखा, सिन्धुलीका १र१ र काठमाडौंका ३ जनामा कोरोना भेटिएको छ ।

नेपाल प्रहरी अस्पतालमा काठमाडौंका १३, स्टार अस्पताल सानेपामा बारार र भक्तपुरका २र२, चितवन र कैलालीका १र१ र काठमाडौंका ६ जनामा कोरोना पाइएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा ह्याम्स अस्पताल प्रयोगशालामा काठमाडौंका १०, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा धनुषाका १ र काठमाडौंका ७, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाल पोखरामा कास्की, लमजुङ, नवलपरासी पूर्व, पर्वत, स्याङजाका १र१ र तनहुँका २१ जनामा कोरोना भेटिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका २, कपिलवस्तुका ५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका १, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका २२, बर्दियाका ५ र सुर्खेतका ३, नेसनल प्याथल्याब रिसर्च सेन्टर प्रालि बुटवलमा रुपन्देहीका ११ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका ६, कैलालीका ५ र कञ्चनपुरका २, प्रादेशिक अस्पताल सुर्खेतमा सल्यानका १, सुर्खेतका १८, स्वास्थ्य कार्यालय दैलेख प्रयोगशालामा दैलेखका ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । डडेल्धुरा अस्पतालमा बझाङका १ जनामा गरी गत २४ घण्टामा ५ सय ९४ जनामा कोरोना भेटिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७