खोटाङ र भोजपुरको संगम स्थल ‘सेल्मे कपासे क्षेत्र’लाई पर्यटकीय क्षेत्र बनाउन जुट्दै युवाहरू


३० श्रावण २०७७, शुक्रबार
selmekapase chhetra

खोटाङ, ३० साउन । खोटाङ र भोजपुर जिल्लाको संगम स्थल ‘सेल्मे कपासे क्षेत्र’लाई पर्यटकीय क्षेत्र बनाउनका लागि स्थानीय युवाहरू जुटिरहेका छन् ।

खोटाङको खोटेहाङ गाउँपालिका–२ बाप्लुखा र भोजपुरको टेम्केमैयुङ गाउँपालिका–७ मा पर्ने ‘सेल्मे कपासे क्षेत्र’लाई पर्यटकिय क्षेत्र बनाउन स्थानीय युवाहरू जुटेका हुन् ।


थाम डाडा टेम्के सिलिचुङ सहकारी संस्थाको सहकार्यमा सामुदायिक वन उपभोक्ता संस्थाको क्षेत्रमा सामुदायिक वनको सदस्यहरूले ५ दिनसम्म निरन्तर जन श्रमदान गरी १० हजार बेर्ना रोपिएका खोटेहाङ गाउँपालिका–२ बाप्लुखा वडाध्यक्ष दिपेन राईले जानकारी दिए ।

भौगोलिक हिसाबले करिब २४ सय देखि २५ सय मिटरको उचाइमा रहेको सुन्दर डाँडाकाँडालाई रमणीय क्षेत्र बनाउन निरन्तर लागिरहेको उनले बताए ।


जनस्तरबाट यस क्षेत्रमा खेल मैदान निर्माण, कपासे भन्ज्याङ खण्डमा एकीकृत बस्तीको कार्य, अल्लो प्रशोधन केन्द्र निर्माणको विकास कार्य अघि बढिरहेको छ ।

टिटिएस सहकारी संस्था सँगको सहकार्यमा कपासे आसपासको क्षेत्रमा चिया बगान बनाउने कार्य भइरहेको छ ।


यस्तै सङ्घीय सरकार पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन पार्क निर्माणाधीन छ भने प्रदेश सरकारबाट कपासे सडक ८ मिटर चौडा कच्ची नाली गर्ने कार्य भइरहेको छ । बजार व्यवस्थापन ग्राउन्ड र तीन पोखरी निर्माण खोटेहाङ गाउँपालिका–२ ले गरिरहेको छ ।


यसै गरी कपासे भन्ज्याङ खानेपानी व्यवस्थापन, सुन्नीमा पारुहाङ पार्क टेम्केमैयुङ गाउँपालिकाले गरिहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७