कामना सेवा र डा.सन्चो क्लिनिक बीच सम्झौता, कर्मचारीलाई स्वास्थ्य सम्बन्धी परामर्श दिइने


३० श्रावण २०७७, शुक्रबार
kamana sewa FAZZrUu6wC

काठमाडौं, ३० साउन । कामना सेवा विकास बैंक र डा.सन्चो क्लिनिक बीच स्वास्थ्य सम्बन्धी परामर्श लिने दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) विश्वब्यापी महामारीको रुपमा फैलिरहेको यस विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी उनीहरु सेवामा थप उत्साहित भई उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नको लागि यो सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

अब कर्मचारीहरुमा स्वास्थ्य सम्बन्धी कुनै समस्या वा कुनै मनोवैज्ञानिक समस्या आएमा सिधै डा।सन्चो क्लिनिकसँग परामर्श गर्न सक्नेछन् । बैंकले यस अगाडि नै आफ्ना कर्मचारीहरुको लागि कोरोना बीमा समेत गरि सकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७