चुरेभावर पार्टी नेपाल एमालेमा विलय हुँदै


२२ आश्विन २०७४, आईतवार
UML

काठमाडौं :-  चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल एमालेमा विलय हुने भएको छ । पूर्व समाज कल्याण मन्त्री बद्रिप्रसाद न्यौपाने नेतृत्वको चुरेभावर एमालेमा समाहित हुन लागेको एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष न्यौपाने, बरिष्ठ उपाध्यक्ष सुनिता भारती, उपाध्यक्ष हरिप्रसाद पोखरेल, सचिव उमेश पराजुली, कोषाध्यक्ष एवमु संगठन विभाग प्रमुख विदुरप्रसाद घिमिरे र एमाले सचिव एवम् संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र कार्यालय सचिव श्रेष्ठबीच समझदारी भइ पार्टी विलय गराउने निष्कर्षमा पुगेको उनीहरूको भनाइ छ ।

UML

समझदारी अनुरूप २८ गते राष्ट्रिय सभा गृहको कार्यक्रममा अध्यक्ष ओलीको हातबाट टीका लगाएर चुरेभावर राष्ट्रिय एकता पार्टी एमालेमा विलय गरिने छ । एमाले, माओवादी केन्द्र, र नयाँ शक्ति बीच चुनावी तालमेल र एकताको प्रयास अघि बढेपछि पार्टी ध्रुवीकरणले तीव्रता पाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७