बायर्न म्युनिखसँग बार्सिलोनाकाे लज्जास्पद हार


३१ श्रावण २०७७, शनिबार
1597452884bayran new

काठमाडौं, ३१ साउन । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा बार्सिलोनाले बायर्न म्युनिखसंग लज्जास्पद हार व्यहोरेको छ ।

गए राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार ब्यहोरेको हो । थोमस मुलर र फिलिप कौटिन्होले समान दुई–दुई गोल गर्दै बायर्नलाई शानदार जित दिलाएसँगै टीमले अन्तिम चारमा स्थान पक्का गर्‍यो ।

हारसँगै बार्सिलोना युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताबाट बाहिरिएको छ । मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाति गोलसंगै बार्सिलोना खेलमा फर्किएको थियो । सर्ज ग्रन्बीले २८ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे ।

मुलरले ३१ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफको खेल बायर्नको नियन्त्रणमा राखेका थिए । ५७ औ मिनेटमा बार्सिलोनाका फरवार्ड लुईस सुआरेजले गोल गर्दै खेल ४–२ को अन्तरमा झारेका थिए । त्यसपछि बायर्नले लगातार चार गोल गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगमा नमिठो हार चखायो ।

जोसुआ किमिचले ६३ औ मिनेटमा गोल गर्दै बायर्नलाई ५–२ को अग्रता दिलाएका थिए । रोबर्ट लेवान्डोस्कीले थप एक गोल गर्दै बायर्नको आधा दर्जन गोल पुरा गरे ।

अन्तिम पाँच मिनेट बाँकी छँदा बार्सिलोनाबाट वायर्नमा लोनमा रहेका फिलिप काउटिन्होले दुई गोल गरे। काउटिन्होले ८५ र ८९ मिनेटमा गरी दुई गोल गरेपछि वायर्नले बार्सिलोनाको पोस्टमा ८ गोल छिरायो।

अब वायर्नले सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब लियोनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

पछिल्लो हारसंगै बार्सिलोनाका प्रशिक्षक सेटियनको पद धरापमा परेको छ । ला लिगा उपाधि रियल मड्रिडलाई सुम्पिएपछि उनको भविष्यमाथि आशंका उत्पन्न भएको थियो ।

बायर्नले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र लियोनबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि पेरिस सेन्ट जर्मेन (पीएसजी) र आरबी लाइप्जिगले अन्तिम चारमा एक अर्कासँग भिडन्त पक्का गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७