थर्माेमिटरले जाँचेर कोरोना संक्रमण पत्ता लाग्दैन : डा.फाउची


३१ श्रावण २०७७, शनिबार
efde8599159384d3f9c448d36f81724a w1000 h500 cp

काठमाडौं, ३१ साउन । अमेरिकाका विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले थर्माेमिटरले तापक्रम जाँचेर कसैलाई कोरोनाको संक्रमण छ कि–छैन भनेर एकिन गर्न नसकिने बताएका छन् ।

एक फेसबुक लाइभ कार्यक्रममा उनले तापक्रम नाप्नु भरपर्दाे जाँच नभएको बताए । उनका अनुसार अमेरिकाको राष्ट्रपति कार्यालय र नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजेजले तापक्रम नाप्न बन्द गरिसकेका छन् ।

विश्वमा धेरै कम्पनी, कार्यालय तथा अन्य स्थलमा प्रवेश गर्नु पहिले तापक्रम नाप्ने गरिएको छ । यसो गर्नुभन्दा बरु मानिसलाई सीधै सोध्नु राम्रो हुने डाक्टर फाउचीको सुझाव छ । उनले भने, ‘किनकी कहिलेकाहीं तापक्रम गलत देखिन्छ ।’ बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७