प्रहरी पत्नी र सात वर्षीय बालकसहित काभ्रेमा आठ जनामा कोरोना संक्रमण


३१ श्रावण २०७७, शनिबार
sanghiya prahari kavre 1

बनेपा, ३१ साउन । संघीय प्रहरी कार्यालय बनेपाका प्रहरीमा देखिएको कोरोना भाइरस संक्रमण परिवारसम्म पुगेको छ ।

विहीबारसम्म १९ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्येका एक प्रहरीका श्रीमती र ७ वर्षीय बच्चामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।

काभ्रेमा पहिलो पटक ७ वर्षीय बच्चामा कोरोना देखिएको हो । शुक्रबार एकै दिन थप ८ जनामा कोरोना संक्रकमण पुष्टि भएको छ । विद्युत्त प्राधिकरण पाँचखालमा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

काभ्रेमा हालसम्म संक्रमितको संख्या ७० पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिएका छन् । शुक्रबार कोरोना संक्रमण देखिएका अधिकांशलाई घरमै राखिएको छ ।

विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारीलाई कोरोनाको लक्षण देखिएको छ । बनेपामा देखिएका संघीय प्रहरीका परिवारमा लक्षण छैन ।

लक्षण नभए पनि संघीय प्रहरी बनेपामा कार्यरत १९ प्रहरीलाई कोराना पुष्टि भएको थियो । बनेपा नगरपालिका–९ घर भएका दुई ब्यक्ति काठमाडौको जडिबुटीमा उद्योगमा कार्यरत रहँदा रहँदै पिसिआर गरिएको थियो ।

उनीहरू विहीबार साँझ भक्तपुरदेखि बनेपासम्म सार्वजनिक यातायातमा आएर घरमै बसिरहेका छन् । समुदायले कोरोना पुष्टि भएको थाहा पाए पनि उनीहरुले लुकाउँदै आएका थिए । पछि अस्पताल र नगरपालिकाले कोरोना भएको जानकारी गराएपछि सुमदाय आतंकित भएको छ ।

नमोबुद्ध नगरपालिकामा पहिलो पटक ३ जना बैदेशिक रोजगारबाट फर्किएकाहरुमा कोरोना पुष्टि भएको छ । दुबाईबाट फर्किएका २५ वर्षीय युवक नमोबुद्ध–७ का हुन भने साउदीबाट फर्किएका ३२ वर्ष र २७ बर्षका दुई युवक वडा नम्वर–५ का हुन् ।

जिल्लामा बैदेशिक रोजगारबाट फर्किएका २२ जना ब्यक्तिहरुलाई यसअघि कोरोना पुष्टि भएको छ । ७० जनामध्ये २५ बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरु संक्रमित छन् भने २० प्रहरी, २ स्वास्थ्यकर्मी, एक जनप्रतिनिधि र २२ जना समुदायका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७