तालिबानको रिहाई खतरा त हो तर, शान्तिको लागि आवश्यक छ : राष्ट्रपति घानी


३१ श्रावण २०७७, शनिबार
2e9e8e3774136bbdb59891bf93df20e3 w1000 h500 cp

काठमाडौं, ३१ साउन । अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानहरुको रिहाई खतरापूर्ण काम भएको भए पनि शान्तिका लागि भने यो कार्य आवश्यक भएको बताएका छन् ।

अफगान सरकारले सरकारको जेलमा रहेका कम्तीमा पनि ४०० बाहेकका अरु तालिबानलाई जेलमुक्त गरेको छ । तालिबानीलाई जेलमुक्त गर्न उनले नै आदेश दिएका छन् । अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि ४ हजार ६०० जति तालिबानलाई मुक्त गरिदिएको छ ।

तर पनि जेलमा रहेका अरु ४०० जना जति तालिबानलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाउँदै आएकोमा उनीहरुलाई पनि रिहाई गरिने जनाइएको छ । यसरी तालिबानीहरु जेलमुक्त भइरहेकै बेला राष्ट्रपति घानीको भने यो प्रतिक्रिया आएको छ ।

उनले शनिबार भनेका छन्– तालिबानहरुलाई सरकारको जेलबाट मुक्त गर्ने काम खतरापूर्ण त हो तर पनि अफगानिस्तानको शान्तिका लागि भने यो आवश्यक काम हो । संयुक्त राज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबानी समूह र अफगानिस्तानको सरकारका प्रतिनिधिबीच भएको सम्झौतामा हाल अफगान जेलमा रहेका पाँच हजार जना तालिवानी लडाकूहरुलाई रिहा गर्नुपर्ने भन्ने छ ।

यसै बमोजिम पछिल्लो पटकको रिहाईसँगै अफगान सरकारले चार हजार ६०० जना बन्दीलाई जेलमुक्त गरिदिएको जनाएको छ । तर पनि जघन्य प्रकृतिको हत्याका आरोपीहरुलाई सरकारले रिहा गर्न नहुने भन्दै पश्चिमाहरुले प्रश्न गरेका छन् ।

सो प्रश्नपछि राष्ट्रपति घानीले सो कुरा बताएका हुन् । अब यहाँको जेलमा रहेका करिब ४०० जना यहाँ गम्भीर प्रकृतिको हत्या हिंसामा संलग्न भएका लडाकूहरु भएको बताइएको छ । उनीहरुलाई पनि जेलमुक्त गर्ने काममा अफगानिस्तानको सरकारले हिजोदेखि शुरु गरेको छ । ती जघन्य प्रकृतिको अपराधमा संलग्नहरुलाई रिहा गरिएको विषयमा भने प्रश्न उठेको छ ।

गएको फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख भएको थियो ।

त्यसैले ताबिलानहरुले ती सबै जनालाई रिहा नगर्दा सम्म आफूहरु वार्तामा नबस्ने बताएका छन् । उनीहरुलाई रिहा गरिएमा छिट्टै वार्तामा बस्ने तालिबानी समूहको भनाई छ । एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७