युनिशा राईको तीज गीत ‘सिमसिमे पानीमा’ को म्युजिक भिडियो सार्वजनिक


३१ श्रावण २०७७, शनिबार
unisha

काठमाडौं, ३१ साउन । गायिका युनिशा राईले ‘सिमसिमे पानीमा’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् ।

केबीहाङ राईको शब्द रचना र सपन घिमिरेको संगीत रहेको ‘सिमसिमे पानीमा फिरफिरे छाता ओढेर आ’की छु, भन्देउ न संगी रातो साडी चुरामा, म कस्ती भा’की छु’ गीतको एरेञ्ज चन्द सिंहले गरेका छन् ।

दिपेन बस्नेतले छाँयाकन गरेको गीतको म्युजिक भिडियोमा चन्दा दाहाल, कविता महतलगायत कलाकारको नृत्य रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७