थप ४६८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २६ हजार नाघ्यो


३१ श्रावण २०७७, शनिबार
korona 5

काठमाडौं, ३१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसहित आज (शनिबार) सम्ममा नेपालमा संक्रमितको संख्या २६ हजार १९ पुगेको जानकारी दिएको छ ।

यो अवधिमा १२४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

देशभरका प्रयोगशालमा विगत २४ घण्टामा ११ हजार ४७ जनाको नमुना पिसिआर बिधिबाट परीक्षण गरिएको गौतमले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७