आज थपिएका ४६८ जना कोरोना संक्रतिमध्ये कुन जिल्लाका कति ?


३१ श्रावण २०७७, शनिबार
1824359343map 2 1

काठमाडौं, ३१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसहित आज (शनिबार) सम्ममा नेपालमा संक्रमितको संख्या २६ हजार १९ पुगेको जानकारी दिएको छ ।

यो अवधिमा १२४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । देशभरका प्रयोगशालमा विगत २४ घण्टामा ११ हजार ४७ जनाको नमुना पिसिआर बिधिबाट परीक्षण गरिएको गौतमले जानकारी दिए ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चितवनका ८, भेरी अस्पताल नेपालगञ्जमा बाँकेका ११ र बर्दियाका १२ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

बीध ल्याब ललितपुरमा काठमाडौंमा १० र ललितपुरका १, वीर अस्पतालमा भक्तपुर र धनुषाका १–१, काठमाडौंका ३ र काभ्रेपलाञ्चोकका २, बि एण्ड बि अस्पतालमा ललितपुर र रामेछापका १–१ जनामा कोरोना पुष्टि भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धुनषाका १, मोरङ र सप्तरीका २–२, सिरहाका ४, सुनसरीका १६ र तेह्रथुमका १, डडेल्धुरा अस्पताल प्रयोगशालामा बझाङ र डडेल्धुराका १–१ जनामा कोरोना पाइएको छ ।

कोरोना पुष्टि हुनेमा धुलिखेल अस्पतालमा चितवनका १, दोलखाका ५, काभ्रेपलाञ्चोकका ७ र रामेछापका १, कोशी अस्पतालमा मोरङका २५, सिरहा र उदयपुरका १–१, लुम्बिनी प्रादेशिक अस्पताल बुटलवमा कपिलवस्तु र नवलपरासी पूर्वका १र१ जना रहेका छन् ।

यस्तै, नारायणी अस्पताल वीरगञ्जमा बाराका २ र पर्साका २१, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भक्तपुरका ८ र काठमाडौंका ४, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २४ जनामा कोरोना भेटिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २४, खोटाङका ६, पर्साका ३, रसुवाका १ र सर्लाहीका ४०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ८, सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका १ र सुर्खेतका ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ३८ र सुनसरीका ३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका १, कपिलवस्तुका ३१ र रुपन्देहीका २ जनामा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २५, महोत्तरीका ९ र सर्लाहीका ३, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरारप्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा बागलुङका २, गोरखाका १, कास्कीका ३, नवलपरासी पूर्व र स्याङका १–१ र तनहुँका २ जनामा कोरोना पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका १०, श्री वीरेन्द्र अस्पतालमा बर्दियाका २, काठमाडौंका ३ र रामेछापका १, सुरिया हेल्थ केयर प्रा.लि लाजिम्पाटमा काठमाडौंका २ जनामा कोरोना भेटिएको प्रवक्ता गौमतले जानकारी दिए ।

यस्तै, स्टार अस्पताल सानेपामा दाङका १, काठमाडौंका १०, ललितपुरका ७ र सिन्धुलीका १, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा बाराका १, मकवानपुरका २१, रौतहटका ४, सर्लाहीका ११ र उदयपुरका १, स्वास्थ्य कार्यालय दैलेखमा दैलेखका २ र सुर्खेतका १ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७