प्रदेश-१ मा आजै थपिए १०३ संक्रमित, संक्रमितको संख्या दुई हजार नाघ्यो


३२ श्रावण २०७७, आईतवार
korona 1

विराटनगर, ३२ साउन । समुदायमा फैलिएको कोरोना संक्रमणको नियन्त्रणका विभिन्न प्रयासका वावजुद प्रदेश–१ मा आज (आइतबार) थप १०३ जना संक्रमित थपिएका छन् ।
आज थपिएका संक्रमितमध्ये ३४ महिला र ६९ पुरुष छन् ।

मोरङमा ९२ (तीमध्ये ८६ जना विराटनगरका हुन्) , खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । विराटनगर महानगरपालिकामा आज ६० जनामा कोरोनो पुष्टि भएको छ । संक्रमितमध्ये ३२ महिला र ५४ पुरुष छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश–१ मा हालसम्म कोरोना संक्रमितको संख्या दुई हजार १० पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७