उपत्यकामा २४ घण्टामै थपिए १७२ नयाँ कोरोना संक्रमित


३२ श्रावण २०७७, आईतवार
kathmandu

काठमाडौं, ३२ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित देखिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दैनिक अपडेटमा तीन जिल्लाका १७२ जनामा संक्रमण देखिएको बताएका हुन् । पछिल्ला दिनमा राजधानीमा संक्रमितको संख्या बढेको छ ।
नेपालमा पछिल्लो पछिल्लो २४ घण्टामा थपिएका ६४१ संक्रमितमध्ये १७२ जना उपत्यकाका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३४ जना डिस्चार्ज भएका छन् भने थप २ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमित हुनेको संख्या २६ हजार ६६० पुगेको छ । कोरोनामुक्त हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ । कोरोनाका कारण १०४ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७