नबिल बैंकको कोरोनाभाइरस उपचार कोषमा ६ करोड सहयोग


३२ श्रावण २०७७, आईतवार

काठमाडौं, ३२ साउन । नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैया हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका सञ्योजक निर्वाण्ँ चौधरीको पनि उपस्थिति रहेको थियो ।

उक्त समारोहमा शाहले नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरूविरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पुर्‍याउन पाउनु ठूलो सम्मान भएको बताए । उनले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्नो ग्राहकहरूलाई बैंङ्किङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७