स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक सेटिएन बर्खास्त


१ भाद्र २०७७, सोमबार
113961429 whatsubject

काठमाडौं, १ भदौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले प्रशिक्षक किके सेटिएनलाई बर्खास्त गरेको छ । सेटिएनलाई बार्सिलोनाले गत जनवरी महिनामा अर्नेष्टो भालभर्देको स्थानमा प्रशिक्षक नियुक्त गरेको थियो ।

तर यसै साता युएफा च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्यूनिखसँग लज्जास्पद हार व्यहोरेपछि बार्सिलोनाले प्रशिक्षक सेटिएनलाई हटाउने निर्णय गरेको हो ।

बायर्नसँग ८–२ ले पराजित भएपछि बार्सिलोनाले च्याम्पियन्स लिगको इतिहासमै खराब कीर्तिमान आफ्नो नाममा राखेको थियो ।

यो सिजन बार्सिलोनाले घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि उपाधि जित्न सकेन । ६१ वर्षीय सेटिएन बर्खास्तीमा परेपछि बार्सिलोनाले अब कसलाई प्रशिक्षक बनाउछ भनेर विश्व फुटबल बजारमा चासो बढेको छ । सम्भावित प्रशिक्षकहरुको सूचीमा नेदरल्याण्ड्सका रोनाल्ड कोम्यान अग्रस्थानमा छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७