वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना संक्रमण


१ भाद्र २०७७, सोमबार
pradesh 3 e1543902878270

हेटौंडा, १ भदौं । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित भएका छन् । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले पनि सोको पुष्टि गरे । हेटाैंडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका छन् ।

कोरोना सङ्क्रमण पुष्टि भए पनि उनमा सामान्य रुघाखोकी बाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन् । उनीसँंगै मकवानपुरमा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७