२४ घण्टामा काठमाडाैं उपत्यकामा थपिए १६८ नयाँ संक्रमित


१ भाद्र २०७७, सोमबार
RoS Ktm20200724IMG 13703917 scaled

काठमाडौं, १ भदौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना गरि १६८ जनामा कोरोना देखिएको जानकारी दिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ५८१ जनामा कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका १६८ जना रहेको डा. गौतमले जानकारी दिएका छन् । आज थप भएका समेत हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । यसैगरी पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म १७ हजार ४ सय ९५ निको भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७