हेमन्त शर्माले ‘भ्यालेन्टाइन डे’का लागि ल्याए उपहार (भिडियोसहित)


२० माघ २०७४, शनिबार
hemanta sHarma

काठमाडौं, २० माघ : गायक हेमन्त शर्माले आउँदै गरेको भ्यालेन्टाइन डेलाई केन्द्रीत गरेर दर्शक लागि नयाँ म्यूजिकल उपहार ल्याएका छन् । भ्यालेन्टाइन डेका लागि उनले म्युजिक भिडियो सहित ‘जीन्दगी’ बोलको नयाँ गीत सार्वजनिक गरेका हुन् । गीतमा गायक शर्माकै शब्द बि.बि. अनुरागीको संगीत र संगीत संयोजन रहेको छ ।hemanta sHarma

गीतको म्यूजिक भिडियोमा एक समयका चर्चित अभिनेता धिरेन शाक्य देखा परेका छन् । धिरेनका साथमा बिष्णु चेम्जोङले जोडीका रुपमा स्क्रिन शेयर गरेकी छिन् ।

बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको गीतको भिडियोलाई स्वप्निल लिम्बु र अजय रेग्मीले खिचेका हुन् । एस गुरुङको निर्देशनमा बनेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७