सिरहा १ मा उपेन्द्र यादवको नाम सिफारिस


२२ आश्विन २०७४, आईतवार
Upendra Yadav

काठमाडौं : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सिरहा १ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम पनि यस क्षेत्रमा सिफारिस भएसंगै सङ्घीय फोरमले पनि यादवको नाम प्रस्ताव गरेको हो । मधेस आन्दोलनको उद्गमथलो लहान नगरपालिका पनि यसै क्षेत्रमा पर्छ ।

Upendra Yadav

स्थानीय तहका चुनावमा लहान नगरपालिकाबाट एमाले विजयी भएको थियो । भने, दोस्रो मत काँग्रेस र तेस्रो मत सङ्घीय फोरमको थियो ।

सङ्घीय समाजवादी फोरमले सिरहाका चारैवटा निर्वाचन क्षेत्रमा पतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि आफ्ना सबै उम्मेद्धारको नाम टुङ्ग्याएको छ । क्षेत्र नंम्बर २ मा विजय यादवको नाम सर्वसम्मत सिफारिस भएको छ । क्षेत्र नंम्बर तीन ३ मा अशेश्वर यादव र शत्रुधन सिंह, क्षेत्र नम्बर चारमा बिरेन्द्र यादवको नाम सिफारिस गरेको छ ।

सङ्घीय फोरमले प्रदेश सभा निर्वाचनको लागि पनि सबै निर्वाचन क्षेत्रमा आफना उम्मेद्धारको नाम टुङ्गो लगाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७