नायक अनमोलले खोले आफ्नो यस्तो कमजोरी


२० माघ २०७४, शनिबार
anmol kc

काठमाण्डौं, २० माघ : चर्चित नायक अनमोल केसीसँग काम गरेका नायिकाहरुले उनको खुलेर प्रशंसा गर्ने गरेका छन् । अदिती बुढाथोकी, साम्राज्ञी राज्यलक्ष्मी शाहलगायतका नायिकाहरुले अनमोल केसी ह्याण्डसम मात्र होइन इमान्दार, सहयोगी र समयलाई बढी महत्व दिने नायकका रुपमा आफूहरुले बुझेको बताउने गरेका छन् ।anmol kc

तर, उनै ड्यूटीफुल नायक अनमोल केसीले भने आफ्नै कारणले आफ्नो चलचित्र ‘कृ’ प्रदर्शनको तयारी पछि सरेको खुलासा गरेका छन् । आफूले चलचित्रका लागि चाँडो तयारी गर्न नसक्दा चलचित्र छायाँङ्कन ढिला भएकाले प्रदर्शन पनि ढिला भएको बताएका छन् ।10a3963b48aca776187fbdd0df3d60fc

चलचित्र ‘कृ’ को टिम अहिले स्कटल्याण्डमा सुटिङका लागि गएको छ । चलचित्रको रिलिज डेट माघ २६ मा तोकिएको छ । तर चलचित्रको एउटा गीत सुटिङ गर्न ‘कृ’ टिम स्कटल्याण्ड उडेको हो । यहि गीत पूरा नभएका कारण चलचित्र पछि सरेको ‘कृ’ युनिटले बताएको छ ।Anmol Kc in Kri

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७