गरीब परिचयपत्रबाट गरीब नै बञ्चित


२० माघ २०७४, शनिबार
poor

बाजुरा, २० माघ : सरकारले गरिब परिचयपत्र वितरण गरेको भए पनि बाजुरामा अझै वास्तविक गरिबले गरिब परिचयपत्र पाउन सकेका छैनन् । poor

बाजुराको स्वामीकार्तिक गाउँपालिकामा वितरण गरिएको गरिब घरधुरी परिचयपत्र नामावलीमा वास्तविक गरिवले परिचयपत्र नपाएको स्थानीयले गुनासो गरेका छन् । गाउँपालिकामा रहेका गरिबले परिचयपत्र पाउनुपर्ने भए पनि पहुँचका आधारमा आर्थिक समृद्ध भएकाले पाएको ४ नं वडाध्यक्ष काशीराम थापाले बताए । poverty1

गाउँपालिकामा रहेका कुनै न कुनै रोजगारी भएका घर परिवारका रुपमा सूचीकृत भएको र पाउनै पर्ने दलित तथा वास्तविक गरिब घर परिवारको नाम छुटेको उनले बताए । उत्तरी भेगमा रहेको स्वामीकार्तिक गाउँपालिकाका एक हजार ६४५ घर परिवारलाई गरिब घरधुरी परिचयपत्र वितरण गर्नुपर्ने भए पनि सोही गाउँपालिकाका–४ का पलला संज्याल, विशाख कठायत, सगुन्या नेपाली ५ नं वडाका विउरा विक, कर्णवीरे विकलगायतको गरिब परिचयपत्रमा नाम उल्लेख नभएको गाउँपालिका लेखा सहायक कर्णवीर बुढाले जानकारी दिए ।

तत्कालीन जिल्ला विकास समितिले तथ्यांक संकलनमा जिल्लाका शिक्षक, कर्मचारी र रोजगार व्यवसायमा लागेको गरिब घरधुरीमा नाम संकलन तथ्यांक त्रुटिपूर्ण रहेको बुढाले बताउनुभयो । सीमित व्यक्तिलाई सोधपुछ गरी तत्कालीन जिविसका कर्मचारीले तथ्यांक लिएको हुँदा वास्तविक गरीब छुट्न गएको बुढाको भनाइ रहेको छ ।

स्वामीकार्तिक ४ नं वडाबाट शुरु गरिएको गरिब परिचयपत्र वितरणमा हालसम्म १५० घरधुरीलाई परिचयपत्र वितरण गरिएको बताइएको छ । ७ नं प्रदेशको कैलालीको मोहन्याल गाउँपालिका र बाजुराको स्वामीकार्तिक गाउँपालिकाबाट गरिब परिचयपत्र वितरण थालिएको हो ।
–––

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७