सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ब्रुनईमा


३ भाद्र २०७७, बुधबार

काठमाडौं, ३ भदौ ।ब्रुनईको ख्यातिप्राप्त सियामली रेमिट्यान्स (SIAMMALI Remittance)  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स सम्झौता भएको छ ।

सम्झौतासँगै ब्रुनईमा रहेका नेपालीहरुले सियामली रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

यो सेवाबाट नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ८५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सियामली रेमिट्यान्सका निर्देशक सेरुजी वीन (Pg. Hj. Seruji  bin Pg. Hj. Damit)ले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७