अछाममा बाढीको वितण्डा : मृतकको संख्या ६ पुग्यो, १७ बेपत्ता


३ भाद्र २०७७, बुधबार
d7c3d39ead5128fed57c0cc6d7bb30c4 w1000 h500 cp

अछाम, ३ भदौं । अछामको रामारोशन गाउँपालिका–५ मा थप दुई जनाको शव भेटिएको छ । योसँगै बाढीमा बगेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै पनि १७ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन ।

रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार कैलाश खोलाले सैनबजार क्षेत्र पुरै बगाएको छ । त्यहाँ रहेका करिब १६ घर बाढीले बगाएको छ । यस्तै ३० भन्दा बढी घुम्ती पसलहरु पनि बगेका छन् ।

सैन बजार अहिले बगरमा परिणत भएको उपाध्यक्ष रावलले जानकारी दिएकी छिन् । ‘मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पनि भएको छ । अहिलेसम्म ६ जनाको शव भेटिएको छ । अझै १७ जना सम्पर्कविहिन छन्,’ उनले भनिन्, ‘मृतक पहिचान खुल्न सकेको छैन ।’

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् । उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ जाने तयारीमा छ ।
प्रहरीले भने यकिन विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७