राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा


३ भाद्र २०७७, बुधबार
madh

लमजुङ, ३ भदौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मस्र्याङ्दी गाउँपालिकाले पालिकाभर आज सार्वजनिक बिदा दिएको छ ।

आफ्नो गाउँपालिकामा जन्मिएका र जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ ।

आज बिहान बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय, वडा कार्यालय, आकस्मिक सेवाबाहेकका स्वास्थ्य चौकी बाहेक सबैमा सार्वजनिक बिदा दिएको हो ।

१०१वर्षको उमेरमा राष्ट्रकवि घिमिरे काठमाडौंस्थित लैनचौरमा आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको हो । राष्ट्रकवि घिमिरे लमजुङ मर्स्याङ्दी गाउँपालिका–६ पुस्तन गाउँमा विसं १९७६ असोज ७ गते जन्मिएका थिए ।

राष्ट्रकवि घिमिरे स्वच्छन्दवादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि तथा गीतकार घिमिरेको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै शोकसन्तत परिवार एवं आफन्तजनप्रति गहिरो सम्मेवदना प्रकट गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७