भारतीय सुरक्षाकर्मीले नेपाली युवालाई समातेर लगे आफ्नो शिविर


३ भाद्र २०७७, बुधबार
pakrau
फाइल फोटो

महोत्तरी, ३ भदौं । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका –९ स्थित बथनाहा गाउँमा नेपाल–भारत सीमानामा बग्ने टेकुना नदीमा आज बिहान बुद्धको एक मूर्ति भेटिएको छ ।

तराई–मधेशसहित देशभरि पितृलाई तर्पण गर्ने तथा घरघरमा कुश भित्र्याउने कुशेऔंशीका दिन आज बिहानै वनमा पुगेका बथनाहाका २२ वर्षीय डोमा सदाले नदीमा बुद्धको मूर्ति फेला पारेको स्थानीय राजनीतिकर्मी चन्दन दुबेले बताए ।

उनका अनुसार सदाले नदी किनारमै कुश उखेलिरहेका बेला कालो कपाल देखेपछि ठूलो माछा तैरिरहेको भनी समात्न जाँदा त्यो मूर्ति पाएका थिए । धातुको पहिचान नखुलेको, सुनौलो र खैरो रङको एक–डेढ फिट लम्बाइको ध्यान मुद्रामा रहेको मूर्ति फेला पर्नासाथ उनले आफ्नो घरमा ल्याएर ताल्चा लगाई बन्द गरेर राखेका थिए ।

त्यसपछि उनले टोलछिमेक सबैलाई जानकारी दिएपछि भारततर्फ पनि नदीमा बुद्धको मूर्ति फेला परेको कुरा पुगेको र तत्कालै भारत बिहार राज्यको सीतामढी जिल्ला (सहसराम क्याम्प) बाट सीमा सुरक्षा बल (एसएसबी) को टोली आई सदालाई आफ्नो शिविरमा समातेर लगेको वडाध्यक्ष बलिराम रायले बताए ।

घटनाबारे खबर हुना साथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पनि सदाको घरमा पुगेको छ । वरपर दुई–चार गाउँका करीब पाँच सय व्यक्ति अहिले उनको घरमा मूर्ति हेर्न पुगेका छन् । सदालाई त्यहाँबाट ल्याउन आवश्यक पहल भइरहेको वडाध्यक्ष रायले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७