सोनम कपुरको लगन जुर्‍यो


२० माघ २०७४, शनिबार
sonam kooper
Sonam Kapoor poses for a portrait at the Martinez Hotel during the 67th international film festival, Cannes, southern France, Monday, May 19, 2014. (Photo by Joel Ryan/Invision/AP)

काठमाडौं: बलिउड अभिनेत्री सोनम कपुरले विवाहको निर्णय गरेकी छिन् । आफैँले खोजेको केटासँग उनले लगनगाँठो कस्न लागेको सार्वजनिक भएको छ । ती पुरुष हुन् प्रेमी आनन्द आहुजा ।

sonam kooper
फाइल तस्बिर

बलिउडमा फेसनेबल अभिनेत्रीका रूपमा चर्चित सोनम र आनन्दबीच आगामी जुन महिनामा विवाह हुने बताइएको छ । फिल्ममा आउनुअघि नै उनी फेसन डिजाइनर थिइन् । सोनम र आनन्द लामो समयदेखि रिलेसनसिपमा थिए । आनन्द भने उद्यमी हुन् ।

त्यसो त यो जोडीलाई सोनमका पिता अनिल कपुरले खासै राम्रो मानेका थिएनन् । तर, छोरीले प्रेमी नछाड्ने अड्डी कसेपछि अन्ततः उनी गलेका छन् ।

छोरीको प्रेमलाई वैवाहिक बन्धनसम्म पुर्‍याउन बाबु तयार भएपछि नै सोनम विवाहका लागि कस्सिएकी हुन् । आमा र भाइले पनि सोनमको निर्णयलाई समर्थन दिएको भारतीय सञ्चारमाध्यममा समाचार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७