प्रियंका चोपडाको जीवानसँगी बन्न यस्तो सर्त


२० माघ २०७४, शनिबार
priyanka chopada प्रियंका चोपडा

काठमाडौं: बलिउड र हलिउडमा दुवै क्षेत्रमा स्थापित अभिनेत्री प्रियंका चोपडाले आफ्नो जीवन सँगिनीमा हुनु पर्ने गुण उल्लेख गरेकी छन् । उनले एक पत्रिकासँगको अन्तरवार्तामा आफ्नो जीवन साथीको बन्न केही योग्यताको सर्त राखेकी छिन् । उनले भनेकी छिन्, ‘मेरो पार्टनरले मेरो हेरचाह गरेन र स्मार्ट देखिएन भने वैवाहिक जीवन लामो समयसम्म जान सक्दैन । पार्टनरले मलाई केही काममा व्यस्त बनाएन भने पनि त्यस्तो व्यक्तिसँग म बस्न सक्दिनँ,’ उनले भनेकी छिन्, ‘आफू रोमान्टिकसँगै भावुक पनि भएकाले पार्टनरले मेरो सम्मान गर्न सक्नुपर्छ ।’

priyanka chopada प्रियंका चोपडा
फाइल तस्बिर

उनी खासै निजी जीवनबारे मिडियामा खुल्ने अभिनेत्रीका रूपमा चिनिन्छिन् । तर, एक पत्रिकालाई दिएको पछिल्लो अन्तर्वार्ताका कारण उनी चर्चामा छन् । अन्तर्वार्तामा उनले सन्तानको चाहना व्यक्त गरेकी छिन् ।

उनले सो अन्तरवार्ताकै क्रममा बच्चा जन्माउन चाहेकी पनि बताइन् । उनले भनिन्, ‘म धेरै बच्चा चाहन्छु । तर, समस्या यो छ कि मेरो चाहना कोबाट पूरा हुन सक्छ, पत्ता लगाउन सकिरहेकी छैन,’ उनले अन्तर्वार्तामा भनेकी छिन् । साथै, उनले लामो समयदेखि कसैसँग प्रेममा नरहेको दाबी पनि गरेकी छिन् । ‘कसैको ध्यानाकर्षण गराउन मैले यो कुरा भनेको होइन । वास्तविकता जे छ, त्यही कुरालाई व्यक्त गरेकी हुँ,’ उनले अगाडि भनिन्, ‘म विवाहको विषयलाई लिएर निकै गम्भीर छु । मलाई परिवारजस्तो संस्थामा पूरा विश्वास छ ।’

प्रियंकाको नाम विगतमा अक्षय कुमार, हरमन बाबेजा र शाहरुख खानसँग जोडिएर आउँथ्यो । हलिउड छिरेपछि ‘बेवाच’ को–स्टार ड्वाने जोनसनसँग पनि अफेयरमा रहेको चर्चा चलेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७