प्रदेश-१ मा एकै दिन थपिए १२३ संक्रमित, कहाँका कति ?


३ भाद्र २०७७, बुधबार
korona 7

विराटनगर, ३ भदौं । प्रदेश– मा आज (बुधबार) १२३ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमण पुष्टि भएकामा ३३ महिला र ९० जना पुरुष छन् ।

सङ्क्रमित हुनेमा मोरङका ६७, सुनसरीका ३७, झापाका १६, पाँचथरमा एक र दुई भारतीय नागररिक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, विराटनगरमा आज ५२ जना सङ्क्रमित थपिएका छन् ।

सङ्क्रमितमध्ये ३२ पुरुष र २० जना महिला छन् । मोरङको रङ्गेलीमा पाँच महिला र चार जना पुरुष, बुढीगंगामा एक महिला एक पुरुष, कटहरीमा एक महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा एकएक पुरुषको रिपोर्ट पोजेटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष र एक महिला, दुहवीमा आठ पुरुष र तीन महिला, बर्जुमा चार पुरुष र एक महिला, इटहरीमा चार पुरुष, धरान र रामधुनीमा दुई–दुई पुरुष, झापाको दमकमा आठ जना, भद्रपुरमा तीन, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा एक–एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाका दुई जना र पाँचथरका एक जना पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज सङ्कमण पुष्टि भएका भारतीय नागरिकमा एक महिला र एक पुरुष छन् ।

प्रदेश नं १ मा कोरोना सङ्क्रमितको संख्या दुई हजार ३५५ पुगेको छ भने आज दुई जना निको भएका छन् । दुवै जना मेची अञ्चल अस्पताल धाईजन आइसोलेसन केन्द्रबाट निको भएर घर फर्केका हुन् ।

कोरोनाबाट सङ्क्रमित भएका निको भएर घरफर्कनेको संख्या एक हजार १३५ जना पुगेका छन् । प्रदेश नं. १ मा आज एक हजार ९४१ जनाको पीसीआर परीक्षण गरिएको छ । मङ्गलबार दुई हजार ६३१ जनाको पीसीआर परीक्षण गरिएको थियो । हाल सम्म ७२ हजार ४३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७