२०७७ भदौं ४ गते बिहीबारको तपाईको राशिफल


४ भाद्र २०७७, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक र धर्म, कर्मको क्षेत्रमा मन लाग्नेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने समय छ । जटिल ठानिएको काम समेत सम्पादन हुनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धार्मिक कार्यको चर्चा चल्नेछ । स्वादिष्ट खनेकुराको परिकार खान पाइने छ । प्रविधिमार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मान सम्मान पाउने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज पारिवारिक सहयोगको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरूमा झमेला हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ, तर यात्रा नगरेकै राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ज्ञान र अध्यात्मको भावना जाग्न सक्छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । साझेदारीको काममा सहयोग मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यप्रति सजक रहनु होला । दबाब र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । पेसा, व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर र नोक्सानी बेहोर्नु पर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७