उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जनालाई कारबाही, ५९४ सवारीसाधन नियन्त्रण


४ भाद्र २०७७, बिहीबार
Lockdown 41day.00 01 40 11.Still005

काठमाडौं, ४ भदौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जना कारवाहीमा परेका छन् ।

आज (बिहीबार) बिहान साढे १० बजेसम्म निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जना कारबाहीमा परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन् ।
अत्यावश्यक काम नपरी सवारीसाधन तथा पैदल सडकमा निस्किएकालाई ठाउँको ठाउँ उभ्याएर कोरोनाबारे जानकारी गराई छाड्ने गरिएको उनले बताएका छन् ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रशासनले एक साताका लागि एकसाथ निषेधाज्ञा लागू गरेका हुन्। यो निषेधाज्ञा १० भदौसम्म जारी रहने छ । कारबाहीमा परेको तथ्यांक काठमाडौं जिल्लाको मात्रै हो ।

५९४ सवारीसाधन नियन्त्रणमा
यस्तै निषेधाज्ञा उल्लंघन गर्दै गुडाइएका ५९४ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहान साढे १० बजेसम्म ६९४ सवारीसाधन नियन्त्रणमा लिएको ट्राफिक महाशाखका प्रवक्ता एसपी वामदेव गौतमले जानकारी दिएका छन् । यो तथ्याङ्ग भने उपत्यका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको हो । कस्तो कारबाही गरेर ती सवारीसाधन छाड्ने भन्ने छलफल भइरहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७