सुनको भाउ १६ सय घट्यो, कतिमा हुँदैछ कारोबार ?


४ भाद्र २०७७, बिहीबार
gold

काठमाडौं, ४ भदौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैंयाले घटेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएअनुसार आज बिहीबार सुन तोलाको ९८ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार बजारमा सुन तोलाको एक लाख ४ सयमा कारोबार भएको थियो । आज तेजावी सुन तोलाको ९८ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १३ सय ६० रुपैंया कायम गरिएको छ । चाँदी तोलाको १५ रुपैंया घटेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७