विद्युत अवरुद्ध हुँदा आठ सय घरधुरी एक महिनादेखि अन्धकारमा


४ भाद्र २०७७, बिहीबार
bijuli
सांकेतिक तस्वीर

रुकुमपूर्व, ४ भदौं । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकामा करिव एक महिनादेखि विद्युत अवरुद्ध भएको छ । ओख्मा लघु जलविद्युत आयोजनाको पावर हाउसमा समस्या आएपछि गाउँपालिकाको वडा नं १२ र १३ मा विद्युत सेवापूर्ण रुपमा अवरुद्ध भएको हो ।

गत साउनको पहिलो सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा ती दुई वडाका करिव आठ सय घरधुरी समस्यामा परेका छन् । विद्युत उत्पादन सप्लाइ गर्ने दुई ठाउँको ट्रान्सफर्मर जलेपछि विद्युत अवरुद्ध भएको ओख्मा लघु जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष जनक बुढाले जानकारी दिए ।

वर्षातको समयमा सामान ढुवानीगर्न समस्या हुनुका साथै बन्दाबन्दीकोले नयाँ उपकरण ल्याउन समस्या भएको उनले बताए । पुथा १२ स्थित आयोजनाको विद्युत अवरुद्ध हुँदा ती दुई वडाका गोल्खाडा, कोल, गर्खानी, खैरे र विर्गुम लगायत गाउँका आठ सय घरधुरी विद्युत सेवाबाट वञ्चित भएका हुन् ।

यस्तै ओख्मा र कोलमा गरी दुई ठाउँको ट्रान्सफर्मर गत फागुन महिनामा जलेदेखि नयाँ जडान नगरिएको र फागुदेखि कोल गाउँ र प्राथमिक स्वास्थ्य केन्द्र कोलले विद्युतको समस्या झेलिरहेका छन् ।

पावर हाउसको विद्युतीय उपकरण र ट्रान्सफर्मर ल्याउन पहल भइरहेको पुथा १२ का वडाध्यक्ष गंगाबहादुर पुनले बताए । ट्रान्सफर्मर खरिदको लागि १२ र १३ नम्बर वडाले पाँच–पाँच लाख र गाउँपालिकाले पाँच लाख गरी जम्मा १५ लाख बजेटसमेत विनियोजन गरेको वडाध्यक्ष पुनले जानकारी दिए । दुई वडा कार्यालय र विद्युत उपभोक्ता समितिको समन्वयमा अवरुद्ध भएको विद्युत सेवा चालु गरिदिन स्थानीयले अनुरोध गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७