महिलामाथि हातपात गर्ने युवक पक्रिन गएका हवल्दारमाथि उल्टै कोदालो प्रहार, अस्पताल भर्ना


४ भाद्र २०७७, बिहीबार
Nepal police

रुकुम, ४ भदौं । रुकुम पश्चिमको चौरजहारीमा महिलामाथि हातपात गर्ने युवकलाई पक्रिन गएका प्रहरी उल्टै कुटपिटबाट घाइते भएका छन् ।

चौरजहारी नगरपालिका–८ की एक महिलामाथि हातपात गर्ने युवालाई पक्राउ गर्न गएका प्रहरीमाथि कोदालो प्रहार भएको हो ।

इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीमाथि टाटागाउँका २१ वर्षीय टीकाराम ओलीले कोदालो प्रहार गरेको प्रहरीले जनाएको छ ।

कोदालोले लागेर घाइते प्रहरी हवल्दारको स्थानीय मिसन अस्पतालमा उपचार भइरहेको छ । टीकारामलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अन्य दुई जना फरार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७