निषेधाज्ञापछि सुनसान काठमाडौं उपत्यका (फोटो फिचर)


प्रकाशित मिति : 20 August, 2020 7:39 pm

काठमाडौं, ४ भदौं । सरकारले लकडाउन अन्त्य भएको घोषणासँगै विस्तारै पूरानो लयमा फर्किदा-नफर्किदै काठमाडौं उपत्यका फेरि लकडाउन भएको छ ।


काठमाडौं उपत्यकासहित देशभर लक्षणसहितका कोरोना संक्रमितको संख्या दिनहुँ ठूलो संख्यामा देखिन थालेपछि देशभरका धेरैजसो स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै मानिसको आवतजावतमा कडाइ गरेको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले संक्रमण भयावह हुन नदिन निषेधाज्ञा जारी गर्दै यसको पालनामा समेत कडाइ गरेको छ ।

सङ्क्रमणको दर बढ्दै गएपछि काठमाडौं उपत्यकामा पनि बुधबार रातिदेखि निषेधाज्ञा जारी गरिएको हो ।उपत्यकामा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । जसका कारण काठमाडौ उपत्यकाका सडक सुनसान भएका छन् । अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन् । निषेधाज्ञालाई प्रभावकारी बनाउन ठाउँ-ठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन् ।

प्रशासनले निषेधाज्ञा पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सडकमा पैदल यात्रु समेत कम संख्यामा देखिएका छन् । संक्रमित हुने र मृत्यु हुनेको संख्या दिनहुँ बढ्न थालेपछि सर्वसाधरण समेत घर बाहिर निस्किन डराइरहेका छन् ।

निषेधाज्ञामा तस्विरमा यस्तो देखियो काठमाडौं उपत्यका

प्रतिक्रिया दिनुहोस्