भारतमा २४ घण्टामा ६८ हजारभन्दा धेरैमा कोरोना संक्रमण, ९८१ जनाको मृत्यु


५ भाद्र २०७७, शुक्रबार
korona india 6

नयाँदिल्ली, ५ भदौं । भारतमा २४ घण्टामा ६८ हजारभन्दा धेरैमा कोरोना संक्रमित भेटिएका छन् ।
भारतमा एकैदिन ६८ हजार पाँच सयभन्दा धेरैमा कोरोना संक्रमित भेटिएको जनाइएको छ । ९८१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

भारतमा अहिलेसम्म २९ लाख चार हजारभन्दा धेरैमा संक्रमित हुँदा ५४ हजार ९७५ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ब्राजिलमा ११ सय १५ जना र अमेरिकामा ९८५ जनाको ज्यान गएको छ ।

विश्वका २१३ देशमा फैलिएको कोरोना भाइरसबाट एकैदिन पाँच हजार ६१७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या सात लाख ९५ हजार आठ सय भन्दा धेरै भएको छ ।

दुई करोड २८ लाख आठ हजार भन्दा धेरैमा संक्रमण भएकोमा एक करोड ५४ लाख ९१ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७