किमले बोलाए पार्टीको ‘दुर्लभ’ अधिवेशन


५ भाद्र २०७७, शुक्रबार
kim jong

काठमाडौं, ५ भदौं । उत्तर कोरियाका शासक किम जोङ उनले सत्तारुढ मजदुर पार्टीको अधिवेशन आह्वान गरेका छन् ।

पार्टीका सर्वोच्च नेता किम जोङ उनले केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशन बोलाएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । । जुन अधिवेशन दुर्लभ (हुन मुस्किल) मानिन्छ ।

मुलुकका ‘नीतिगत’ कमजोरी तथा संयुक्त राष्ट्र संघको नाकाबन्दीका कारण ‘रुग्ण’ अर्थ व्यवस्था सुधारका लागि नयाँ पञ्चवर्षीय योजना बनाउने उघद्देश्यले उनले अधिवेशन आह्वान गरेको केसीएनले उल्लेख गरेको छ । तर कहिले भन्ने उल्लेख छैन ।

पार्टीको केन्द्रीय समितिको बैठकले ‘राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि गम्भीर ढिलाइ भएको’ निष्कर्ष निकाल्दै उत्तर कोरियाली नागरिकको जीवनस्तरमा ‘उल्लेखनीय’ सुधार नभएको ठहर गरेको प्योङयाङ स्रोतले जनाएको छ ।

बैठकमा किमले कोरियाली प्रायद्वीप वरपरको क्षेत्रमा विभिन्न बिषयमा अप्रत्याशित र अपरिहार्य चुनौतीहरु रहेका बताएको केसीएनएले उल्लेख गरेको छ ।

प्रतिबन्धित आणविक हतियार र ब्यालिस्टिक मिसाइल कार्यक्रम उत्तर कोरियामा किमको नेतृत्वमा तीव्र पारिएको भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्, अमेरिका, युरोपेली संघ (ईयू) र अन्य शक्तिले प्योङयाङलाई प्रतिबन्ध लगाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७