नौ किलोग्राम चरेशसहित काठमाडौंबाट महिला पक्राउ, श्रीमान फरार


५ भाद्र २०७७, शुक्रबार
161 Shares
pakrau 1 पक्राउ arrest

काठमाडौं, ५ भदौं । प्रहरीले लागूऔषध ९ किलोग्राम ३५० ग्राम चरेशसहित एक महिलालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई बिहीबार राति पक्राउ गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा चरेशसहित थिङलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ थिङका श्रीमान फुलबहादुर तामाङ भने फरार रहेका छन् । पक्राउ थिङमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको वृत्तले जनाएको छ ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७