प्रमबाट तीजको शुभकामना : जीवन रक्षालाई उच्च महत्व दिन अनुरोध


५ भाद्र २०७७, शुक्रबार
KP sharma oli pm of nepal scaled

काठमाडौं, ५ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् ।

नेपाली हिन्दू महिलाको ठूलो पर्व हरितालिकाका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था नरहेकाले महामारीले सिर्जना गरेको सीमाभित्र रहेर मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७